Logo

थप ३२३ जनामा कोरोना पुष्टि,संक्रमित संख्या ३ हजार नाघ्यो, १३ जनाको मृत्यू


कलाखबर संवाददाता,२४ जेठ –काठमाण्डौं । नेपालमा कोरोना संक्रमित संख्या दिनानुदिन बढीरहेको छ । शनिबार मात्र थप ३ सय २३ जना संक्रमित थपिएका छन् । यो सँगै कुल संक्रमित सख्या ३ हजार २ सय ३५ पुगेको छ । स्वास्थ्य तथा जनसख्या मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले आज ३२३ जना थपिएसँगै कुल संक्रमितको सख्या ३ हजार नाघेको जानकारी दिएका हुन् ।

आज थपिएका ३२३ जना मध्ये पुरुष २८६ र महिला ३७ जना छन् । कुल संक्रमित मध्ये पुरुष ३ हजार ३ र महिला २३२ जना छन् । आज थप २ जिल्लामा संक्रमित भेटिएसँगै कुल ७० जिल्लामा संक्रमित भेटिएको छ । अब देशको ७ जिल्लामात्र संक्रमित छैनन् ।

यसैगरी, आज थप एक जना संक्रमितको मृत्यु पुष्टि भएको छ । जसमध्ये डोल्पाका पुरुष र कैलालीकी महिला छन् । योसँगै कुल १३ जनाको संक्रमणबाट मृत्यु भएको छ । जमध्ये पुरुष १० र महिला ३ छन् ।

प्रतिक्रिया दिनुहोस्