लकडाउनको ७३ औ दिन खुुकुलो देखियो,सडकमा चल्न थाल्यो सावारी

कलाखबर संवाददाता,२२,जेठ–काठमाण्डौं । सरकारले जारी गरेको लकडाउन ७३ औ दिन खुकुलो जस्तो देखिएको छ । विभिन्न उद्योग व्यावसायहरुको चौतर्फी विरोध पछि सरकारले लकडाउन खकुलो गर्न थालिएको हो । लकडाउन जेठ ३१ गते सम्मका लागि लम्ब्याइएको छ । लकडाउन लम्बिदै जाने तर संक्रमणको जोखिम कम नहुने देखिएपछि अहिले लकडाउनको उलङ्घन हुन थालेको छ । बिहीबार काठमाडौं उपत्यकाका मुख्य सडकहरुमा सवारी साधनको चाप बढेको छ ।
लामो समय लकडाउन हुँदा जनजीवन सँगसँगै आर्थिक जीवन समेत प्रभावित हुन थालेपछि मानिसहरु काममा निस्कन थालेका छन् । त्यसैले सडकमा सवारी साधनको चाप बढेको हो । प्रहरीले सवारी साधनको जाँचलाई केही खुकुलो बनाएको देखिन्छ । अत्यावश्यक सेवा, ढुवानी सेवा, पासवाहक सवारी साधन बाहेक पनि सरकारी कर्मचारी, बैंकका तथा उद्योग प्रतिस्ठानका कर्मचारीलाई परिचय पत्र हेरी सवारी सञ्चालन गर्न दिइएको छ ।
कुनैपनि संस्थाको परिचयपत्र बिना सवारी चलाउनेलाई भने प्रहरीले नियन्त्रणमा लिइ कारबाही गरेको छ ।उपत्यकाका भित्रि सडकहरुमा पनि मानिसहरुको आवागमन बाक्लो बनेको छ । सबै प्रकारका पसलहरु खुलेका छन् । मानिसहरु किनमेलका लागि निस्केको देखिन्छ । साना व्यवसायीहरुको संगठन नेपाल राष्ट्रिय व्यवसायी महासंघले आजै देखि पसलहरु खुला गरेका छन् ।
काठमाडौंको न्यूरोड, भोटेबहाल, भोटाहिटी लगायतका ठाउँका पसलहरु बिहान ८ बजेदेखि ११ बजे सम्म सञ्चालनमा आएका छन् । निजी क्षेत्र तथा विज्ञहरुले पनि लकडाउनको ढाँचा परिवर्तन गरी जनजीवनलाई सहज बनाउन सुझाव दिदै आएका छन् ।