जुम्ला सदरमुकाम खलङ्गमा तीन दिनको लागि निषेधाज्ञा जारी {सुचना सहित}

कलाखबर संवाददाता,२१ जेष्ठ– काठमाण्डौं । लकडाउन फितलो भएपछि जुम्ला सदरमुकाम खलङ्गामा तीन दिनको लागि निषेधाज्ञा जारी गरिएको छ । जिल्ला सुरक्षा समितिको बैठकले तीन दिन निषेधाज्ञा गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले जानकारी दिनुभयो ।
स्थानीय प्रशासनले बुधबार जेठ २१ गते बिहान ९ बजेदेखि २३ गते शुक्रबार बेलुकी १२ बजेसम्म निशेषज्ञा जारी गरेको जनाएको छ । भारतबाट आउनेहरु अत्यधिक बढेको समयमा बजार क्षेत्रमा लकडाउन उल्लङ्घन भएको कारण जोखिम रोक्न सुरक्षा समिति सो निर्णयमा पुगेको हो । पछिल्लो समय आम नागरिक र सरोकारवालाहरुको गुनासो पनि लकडाउनको पालना नभएको र सुरक्षा परिचालन कमजोर भएको रहेको छ ।
यसैगरी पछिल्लो समय आउनेहरुको पीसीआर नतिजा पोजेटिभ देखिन थालेपछि त्रास फैलिएको छ । जुम्लामा अहिलेसम्म १९ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।