लकडाउन खोकुलो पार्दै सरकार,संक्रमित संख्या २१ सय नाघ्यो
कलाखब संवाददाता,२०,जेष्ठ– काठमाण्डौं । आज २० गते विना चेकजाँच प्रशस्त रुपमा सावारीसाधन चल्यो.। तर दुई दिन यता संक्रमित संख्या ह्वात्तै बढेको छ । मंगलबार राजधानी काठमाण्डौंको सडकमा चलेको यातायात हेर्दा लकडाउन जस्तो महसुश गरिएको थिएन । झापामा पनि थप पाँच जनामा कोरोना संक्रमित पुष्टि भएको छ ।
विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा परीक्षण गर्दा झापाको बुद्धशान्ति गाउँपालिकाले निर्माण गरेको होल्डिङ एरियामा रहेका पाँच जनामा कोरोना पोजेटिभ देखिएको हो । उनीहरु भारतबाट स्वदेश फर्किएकाहरु हुन् । संक्रमितमध्ये पाँचथरका १, ताप्लेजुङका तीन र झापाका १ जना रहेको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख भोलानाथ अधिकारीले जानकारी दिए ।
जेठ १३ गते गाउँपालिकाको होल्डिङ एरियामा आएकाहरुको १४ गते नमुना संकलन गरी विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको थियो । तर नमुना पठाएको ६ दिनपछि मंगलबार कोरोना परीक्षणको नतिजा आएको हो । रिपोर्ट पोजेटिभ आएपछि पाँचजनालाई विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको अधिकारीले जानकारी दिए ।
झापामा पाँच जनामा संक्रमण पुष्टि भएसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या १७२ पुगेको प्रदेश सरकारले जनाएको छ । संक्रमितमध्ये ४८ जना डिस्चार्ज भएका छन् । पाँचजना संक्रमित थपिएसँगै नेपालमा नेपालमा कोरोना संक्रमितको संख्या २ हजार १ सय ४ पुगेको छ ।