Logo

थप १३ जनामा कोरोना भाइरसको संक्रमण ,संक्रमितको संख्या १८११ पुग्यो


कलाखबर संवाददाता,१९ जेठ –काठमाण्डौं । नेपालमा संक्रमितको संख्या १८११ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साँझ दिएको जानकारी अनुसार नवलपरासी, पाल्पा, कपिलवस्तु, रुपन्देही र गुल्मीमा थप १३ जनामा संक्रमण देखिएको हो। यस अघि दिउसो मन्त्रालयको नियमित ब्रिफिङमा २२६ जनालाई कोरोना पुष्टि भएको थियो ।देशका बिभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा थप २२६ जनामा कोरोना देखिएको मन्त्रालयका प्रबक्ता बिकाश देबकोटाले बताएका छन ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार झापाका २, नवलपरासीका ३, दैलेखका ४१, जुम्लाका १९, सल्यानका १०, सुर्खेतका ५, कपिलवस्तुका ४०, रौतहटका १८, बाँकेका ७, दाङका ९, धनुषाका ७, महोत्तरीका २, मकवानपुरका १, सर्लाहीका ३८, सिरहाका ५, उदयपुरका १, अछामका १, कैलालीका १४, बैतडीका १, डोटीका १, कञ्चनपुरका १ जनामा कोरोना पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्