Logo

गाडी दुर्घटनामा, १२ जनाको मृत्यु


कलाखबर संवाददाता,१९ जेठ –काठमाण्डौं ।  भारतबाट नेपाल प्रवेश गरेकाहरुलाई लिएर नेपालगञ्जबाट सल्यान जाँदै गरेको फोर्स गाडी राति करिब १२ बजेतिर दुर्घटनामा परेको छ । बाँकेको राप्ती सोनारी गाउँपालिका–२ ठुरिया जंगलमा गाडी दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ । २२ जना घाइते भएका छन् ।

नेपालगञ्जबाट सल्यान जाँदै गरेको ना ५ ख ५९९५ नम्बरको गाडी रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएकाहरुलाई उपचार गर्न नेपालगञ्ज ल्याइएको छ । शवहरु भेरी अस्पतालमा राखिएको छ । मृतकको सनाखत गर्ने क्रम चलिरहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्