आज थप १६६ जनामा कोरोना पुष्टि, जम्मा संक्रमितको संख्या १५६७ पुग्यो

राज कुमार राई ,१८,जेठ–काठमाण्डौं । आज फेरि नेपालमा थप १६६ जनामा कोरोना संक्रमित पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रभक्ता विकास देवकोटाले थप १६६ जनामा कोरोना संक्रमित पुष्टि भएको पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो ।
यससँगै कुल संक्रमितको संख्या १ हजार ५६७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमित मध्ये १४५० जना पुरुष र ११७ जना महिला रहेको मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले जानकारी दिए ।