लकडाउनले कृषक समस्यामा,गत बर्ष जेष्ठ पहिलो हप्ता सकिन लागेको रोपाइँ यो बर्ष बल्ल शुरु

कलाखबर संवाददाता,१८ जेठ– काठमाण्डौं । लामो समय बन्दाबन्दीको कारण नेपाली किसान समस्यामा परेका छन् । गत बर्षको तुलनामा यो बर्ष छिट्टै बर्षा शुरु भए पनि लकडाउनको कारण किसानले समयमा खेती गर्न पाएको छैन ।
गत वर्ष जेठको पहिलो हप्ता सकिएको रोपाइँ यस वर्ष प्युँठानको झिमरुक फाँटमा बल्ल शुरु भएको छ । महामारीको कारण लामो समय लकडाउन लम्बिदै जानु र बालीलाई नष्ट पार्ने सल्ह किरा जस्ता अमेरिका हुदै भारत सम्म आई पुगेको खबरले झन सबै कृषकमा त्रास छाएको छ ।
लामो समय बन्दाबन्दीका कारण किसानले आवश्यक मलखात र बीऊ बिजन समेत पाएको छैैैन ।