Logo

भिषण हावाहुरीले दुई जनाको ज्यान लियो,कयौ घरमा क्षती


 

कलाखबर संवाददाता,१३ जेठ –काठमाण्डौं । मंगलबार एक्कासी आएको हावाहुरीको कारण मकवानपुरमा दुईजनाको मृत्यु भएको छ । घरअघिको रुख ढल्दा राक्सिराङ ५ चैनपुरकी बिरमाया प्रजाको मृत्यु भएको हो । त्यसैगरी राक्सिराङ ३ का वर्ष ६ आयुश मगरको मृत्यु भएको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताए ।

यसैगरी मानिकलाल बल, शम्भु सुनार घाईते भएको उहाले जानकारी दिए । गाउँपालिकाको दर्जनौ घरमा क्षति पुगेको अध्यक्ष मल्लको भनाई छ । यसैगरी मकवानपुरको विभिन्न स्थानमा दर्जनौ घरमा क्षति पुगेको छ । हावाहुरीको कारण मकवानपुरको बकैया गाउँपालिकाको वडा नंबर ४ माझिखोलाको आधा दर्जन घरको जस्ता उडाएको छ ।

त्यसैगरी मकवानपुरगढी गाउँपालिकामा पनि एक दर्जन बढि घरमा क्षति भएको छ । हावाहुरीले हेटौँडाको चौघडा, चुच्चेखोला सहितको क्षेत्रमा समेत क्षति पुराएको छ भने पश्चिम मकवानपुरको मनहरी क्षेत्रम पनि असर गरेको हाम्रो स्थानीय सहकर्मीहरुले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्