Logo

कोरोना महामारी नियन्त्रण तथा संविधान संशोधनको बिषयमा छलफल गर्न प्रधानमन्त्रीद्वारा सर्वदलीय बैठक आह्वान


 

कलाखबर संवाददाता,१३ जेठ –काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक आह्वान गरेका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक बोलाइएको हो ।

सो बैठकमा कोरोना महामारी नियन्त्रण तथा संविधान संशोधनको बिषयमा छलफल हुने भएको छ । हालै सरकारले लिम्पियाधुरा सहितको नक्सा जारी गरेको छ भने सो नक्सालाई आधिकारिकता दिन संविधान संशोधन प्रस्ताव दर्ता भएको छ ।

यस्तै कोरोना नियन्त्रणका लागि राष्ट्रिय सहमति बनाएर अघि बढ्नुपर्ने आवाजहरू पनि उठिरहेका छन् । यस बिषमा पनि छलफल हुने बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्