Logo

रुकुमा भएको घटनाको बिषयमा संसदहरुले उठाएको प्रश्नको जवाफ गृहमन्त्रीद्वारा संसद बैठकमा प्रस्तुत


 

कलाखबर संवाददाता,१३ जेठ –काठमाण्डौं । गृहमन्त्री रामबहादुर थापा बादलले रुकुमा भएको घटनाको बिषयमा संसदहरुले उठाएको प्रश्नको जवाफ प्रस्तुत गरेका छन् । मंगलबार सांसद भवनमा जारी बैठकमा गृहमन्त्री रामबहादुर थापा ‘बादलले रुकुम पश्चिममा भएको घटनामा संलग्न दोषीलाई कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता समेत व्यातm गरेका हुन् ।

संघीय संसदअन्गर्तत प्रतिनिभिसभाको बैठकमा बोल्दै गृहमन्त्री थापाले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् । उनले दोषीलाई कानुनको कठघरामा ल्याएर कारबाही गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे । उनले घटनामा संलग्न भएको आशंकामा १२ जनालाई नियन्त्रणमा लिएको पनि संसद्लाई जानकारी गराए ।

बेपत्ता भएकाहरुको खोजी जारी रहेको र त्यसका लागि गोताखोरसमेत खटाइसकेको उनले बताए । यो घट्नाको सत्य, तथ्य छानबिन गर्न सरकारले ५ सदस्यीय छानबिन समिति गठन गरिसकेको पनि मन्त्री थापाले जानकारी दिए ।

उनले घटनाको अनुसन्धान गरेर रायसहितको प्रतिवेदन दिन गृहमन्त्रालयका सहसचिवको नेतृत्वमा प्रहरी वरिष्ठ उपरीक्षक, अनुसन्धान विभागको अधिकृत, महान्यायाधिवक्ता कार्यालयका अधिकृत र गृहमन्त्रालयको उपसचिव रहने गरी पाँच सदस्यीय छानबिन समिति गठन गरिएको जानकारी दिएका थिए । साथै थापाले एक हप्ता भित्र सबै प्रतिवेदन तयार गरेर प्रस्तुत समेत लगाएको बताए ।

प्रतिक्रिया दिनुहोस्