चालु आर्थिक बर्षको आर्थिक वृद्धिदर अर्थ मन्त्री डा.युवाराज खतिवडाद्वा संसदमा प्रस्तुत

कलाखबर संवाददाता,१३ जेठ –काठमाण्डौं । चालु आर्थिक बर्षको आर्थिक वृद्धिदर अर्थ मन्त्री डा.युवाराज खतिवडाले संसदमा प्रस्तुत गर्नु भएको छ । मन्त्री खतिवडाले मंगलबार चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा झरेको बताएका हुन् । अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा आर्थिक सर्वेक्षण प्रतिवेदन(२०७६ र ७७ सार्वजनिक गर्दै चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा खुम्चिने अनुमान रहेको जानकारी दिए ।
यसअघि वैशाख १७ मा केन्द्रीय तथ्यांक विभागले यो वर्षको आर्थिक वृद्धिदर २.२७ प्रतिशत हुने अनुमान सार्वजनिक गरेको थियो । सरकारले भने विभागको भन्दा ०.०३ प्रतिशत बढाएर अनुमान सार्वजनिक गरेको छ । सरकारले चालु आर्थिक वर्षको बजेटले आर्थिक वृद्धिदर ८.५ प्रतिशतको लक्ष्य राखेको थियो ।
तर, गत फागुनपछि सुरु भएको कोरोना भाइरसको संक्रमण र त्यसले अर्थतन्त्रमा पारेको प्रभावका कारण अर्थतन्त्रको वृद्धिदर नराम्रोसँग खुम्चिने भएको अर्थमन्त्री खतिवडाले बताएका छन् । यसअघि गत आर्थिक वर्ष २०७५ र ७६ मा नेपालको ६.७५ प्रतिशत आर्थिक वृद्धि भएको थियो ।
आर्थिक वर्ष २०७४ र ७५ मा भने ६.३५ प्रतिशतको आर्थिक वृद्धिदर कायम भएको विभागको तथ्यांकमा उल्लेख छ । कोरोनाले खासगरी सेवा क्षेत्रको वृद्धिदरलाई नराम्रोसँग प्रभावित बनाएको हो । बजेटको मध्यावधि समीक्षामा पनि अर्थमन्त्री डा. युवराज खतिवडाले लक्ष्यको हाराहारीमै आर्थिक वृद्धि हात पार्ने दाबी गरेका थिए ।