Logo

गायीका कला राईको लाग्छ मलाई माया मेरै आफ्नो सानो गाउँको गीत ( भिडियो सहित बजारमा ब्यापक चर्चा )


कलाखबर संवाददाता,१२ –काठमाण्डौं । नेपाली सांगीतिक आकाशमा उच्च धरोहर बनेकी गायीका कला राईको “लाग्छ मलाई माया मेरै आफ्नोे सानो गाँउको” गीत भिडियो सहित बजारमा आएको छ । कला संस्कृति र प्रकृतिसंगको तादम्यता रहेको यो गीतमा आफु जन्मे हुर्केको र बालापनदेखि खेलेको गाँउको बिशेष बयान गरिएको छ ।

आफू जहा गएपनि आफ्नो सानो गाउँको यादले सधै सताएको गायीका राईले यो गीतमा उल्लेख गरेकी छन् । कोईलीको मीठो भाकामा चिसो चिसो बतास नागबेली,चमेली र मुना पालुवासँग खेलेको परिकल्पना गर्दै स्वर्गरुपी प्रकृतिको काखमा आफू हराएको गायीका राईले यो भिडियोमा आभाष गरेकी छिन् ।

बि.बि. गुरुङको शब्द अनि बिष्णु अधिकारीको संगीत रहेको गीतमा गायीका कला राईले सुमधुर स्वरलहरी भरेकी हुन् । भोजपुर र सोलुखुम्बुको रमणीय स्थलहरुमा छाँयाङ्कन गरिएको भिडियोमा गायीका राई आफैले नै अभिनय पनि गरेकी छन् ।

गीतमा बिष्णु अधिकारीको संगीत संयोजन रहेको छ भने भिडियो सम्पादन अनिल कटवालले गरेका हुन् । अनगिन्ति गीत गाएर म्यूजिक नेपाल तथा विभिन्न युटुब च्यानलमा हाल्दै आएका गायीका राईले यो पटक भने आफ्नै युटयूब च्यानलबाट सार्बजनिक गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्