Logo

चर्चिच युटुवर भाग्य न्यौपाने मोटरसाईकल दुर्घटनामा


 

कलाखबर संवाददाता,जेठ,११–काठमाण्डौं । चर्चित युटुवर भाग्य न्यौपाने मोटरसाईकल दुर्घटनामा परेका छन् । काठमाण्डौं बाहिर हस्पिटलमा रहेका बिरामीलाई केही पैसा पठाउन जाँदा आईतबार न्यौपाने दुर्घटमा परेका हुन् । हस्पिटलमा रहेका बिरामीसँग कुनै पैसा नभएको र पटकपटक आफूलाई फोन आएकोले आफूले सकेको सहयोग रकम आईएममीमार्फत पठाउन जाँदा दुर्घटना हुन पुगेको उनले बताएका छन् ।

दुर्घटनामा परेपछि आज आफ्नो दुखत दिन रहेकोले धेरैको फोन उठाउन नसकेकोमा क्षमा याचन गर्न चाहेको पनि न्यौपानेले जानकारी दिए । आफु दुर्घटनामा परेको भिडियो आफ्नो फेसबुकमा ओपलड गर्दै धेरै शेयर गरेर सबैसामु पुरयाउन पनि उनले आग्रह गरेका छन् । तत्काल हस्पिटलको चेकजाँच पछि आराम गर्न डाक्टरले सल्लाह दिएको छ । हात र करङमा घाउ भएपनि भित्री चोट भने नलागेको उनले बताए ।

दुई बर्षदेखि चलाउदै आएको मोटरसाईकल अचनाक अगाडीको ब्रेक लक भएपछि दुर्घटना भएको न्यौपानेको भनाई थियो । आफु एक्कासी दुर्घटनामा परेपछि आज बिरामीलाई पैसा पठाउन नसके पनि भोली जसरी भए पनि सके अफुले नै, नसके अरु कसैको माध्यमबाट  पैसा पठाउने न्यौपानले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्