आखिर नायीका बर्षा राउट किन भारतको पक्षमा वकालत गर्छिन त ?

कलाखबर संवाददाता,जेठ,११–काठमाण्डौं । भारतले नेपाली भूमी मिचेको भनेर सारा नेपाली एक जुट भएर आवाज उठाई रहेको बेला पछिल्लो समय नायीका बर्षा राउटले भने छुट्टै प्रतिक्रया दिन थालेकी छिन् । नेपाली नायिका बर्षा राउतले कालापानी, लिपुलेक र लिम्पियाधुराको विषयमा भारतसंग नेपालले टक्कर लिदाँ आफुलाई अप्ठायारो भएको प्रतिक्रिया दिएकी छिन् ।
उनले एक भिडियो जारी गर्दै यस्तो विवादीत प्रतिक्रया दिएकी हुन । उनले नेपाल भारतका पत्रकारले भूमीको विषयलाई लिएर पचारप्रशार गर्दा समस्या भएको बताएकी छिन् । उनले भूमिको समस्या दुइ देशको राजनीतिको विषय भएकाले नेपाल र भारत सरकारले समाधान गर्नु पर्ने सुझाव दिएकी छन् । उनले मेरो भुमी भनेर उफ्रेर पनि केही फाईदा नहुने पनि बताएकी छिन् ।
वर्षाले दुइ देशका पत्रकारहरुले खेलेको भूमीको विषयलाइ लिएर गरिएको बहसले आफुुलाई समस्या भएको बताएकी छन्। उनले भनेकी छिन् – भुमिको विषयमा नेपालले मेरै भुमी भन्नेर झगडा गर्नुभन्दा पनि नेपाल र भारत सरकारले समाधान गर्नु पर्छ, दुइ देशका पत्रकारहरुले यसलाइ झगडा बनाउदा मैले मेरा भारतीय साथिहरुसंग र भारतीय मेरा साथीले मसंग कसरी फेस् गर्ने ?
बर्षाको यो अभिव्यक्तिले अहिले सामाजिक सञ्जाल तातिएको छ । त्यत्ति मात्र होइन चर्को रुपमा उनको आलोचना समेत हुन थालेको छ । उनले बोलेको एक भिडियोमा बर्षालाई भारततिरै लखेटनुपर्ने प्रतिक्रया दर्शकहरुले दिएका छन् ।