Logo

आज एकै दिनमा ५९ जनामा कोरोेना भेटियो, यो सँगै नेपालमा संक्रमित संख्या ५१६ पुग्यो


कलाखबर संवाददाता,जेठ ९–काठमाण्डौं । विभिन्न जिल्ला गरि आज एकै दिनमा ५९ जनामा कोरोना भेटिएको छ । यो नेपालको हकमा अहिले सम्मकै उच्च संख्या हो । यो सँगै अब नेपालमा कोरोना भाइरस ९कोभिड–१९० संक्रमितको संख्या ५१६ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा। समिरकुमार अधिकारीका अनुसार शुक्रबार साँझ थप ९ जनामा संक्रमण पुष्टि भएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा भक्तपुरका ४२ वर्षीय पुरुष, मकवानपुर हेटौंडा(३ का ५४ वर्षीया महिला, विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठान धरान ३५ वर्षीय पुरुष र किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडामा बारा सिमरनगढ नगरपालिकाका २२, २७, ३०, ३४, ३८ र ४५ पुरुषमा कोरोना देखिएको हो।

शुक्रबार बिहान ३०, दिउँसो २० र साँझ ९ गरेर ५९ जनामा एकै दिन कोरोना पोजिटिभ पुष्टि भएको हो। शुक्रबार कैलालीको सरस्वती माविको क्वारेन्टाइनमा रहेका तीन पुरुष, परसुराम १० घर भएका डडेलधुराका एक २८ वर्षीय पुरुष, बैतडीको शिवनाथ १ का २२ वर्षीय पुरुषको सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा रिपोर्ट पोजिटिभ आएको थियो।

त्यसैगरी बाँकेका १८ देखि ६१ वर्ष उमेर समूहका १४ जनाको भेरी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणको रिपोर्ट पोजिटिभ आएको थियो। त्यसैगरी मोरङको रतुवामाई–२ का एक ४१ वर्षीय पुरुषको पीसीआर रिपोर्टसमेत पोजिटिभ देखिएको छ । योसँगै शुक्रबार दिउँसो २० जनामा कोरोना पुष्टि भएको थियो।

शुक्रबार बिहान मात्र ३० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। नवलपरासी ९बर्दघाट सुस्ता पूर्व०,चितवन, नवलपरासी, कपिलवस्तु र सर्लाही जिल्लामा कोरोना संक्रमित भेटिएका थिए। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं र भरतपुर अस्पताल, चितवनमा गरिएको परीक्षणमा संक्रमित भेटिएका थिए।

प्रतिक्रिया दिनुहोस्