Logo

मुठी उचाली उठौँ नेपाली, माटो बचाउन जुटौँ नेपाली’ बोलको देशभक्ति गीत सार्बजनिक


कलाखबर संवाददाता,जेठ ९–काठमाण्डौं । ‘मुठी उचाली उठौँ नेपाली, माटो बचाउन जुटौँ नेपाली’ गायक अमृत खातीको शब्द तथा खाती र राजा राजेन्द्रको सङ्गीतमा सामूहिक देशभक्तिपूर्ण गीत ‘हाम्रो माटो’ सार्वजनिक भएको छ ।कोरोना भाइरसको महामारीसँग जुधिरहेका अवस्थामा नेपालको भूमिबाट भारतले चीनको मानसरोवर जाने बाटाको औपचारिक उद्घाटन गरेपछि नेपाली भूमिको संरक्षणमा सबै जुट्नका लागि उक्त गती सार्वजनिक गरिएको हो ।

गायक खातीले आज भन्नुभयो, “नेपालको भूमि हुँदै भारतले मानसरोवर जाने सडक बनाएको सुनेपछि मनै सिरिङ्ग भयो, आफ्नै छाती थिचिएझैँ महसुस भयो, त्यसपछि गीतमार्फत आवाज उठायौँ । नेपाली भूमिको संरक्षणका लागि सार्वजनिक भएको गीतमा हास्य कलाकार राजा राजेन्द्र पोखरेल, विक्रमजङ्ग शाह, सिर्जु अधिकारी, अनु अधिकारीको आवाज भरिएको छ ।

गीतमा सङ्गीत संयोजन कमल सौरागको रहेको छ भने स्टुडियो मुर्चुङ्गा डिजिटल रहेको छ । यसैगरी रेकर्डिङ र मिक्सिङ सञ्जय शृपालको रहेको छ । देशभक्ति गीतको निर्देशन र सम्पादन हुम गैरेले गर्नुभएको छ । सरकारले अहिले नेपालको आधिकारिक नयाँ नक्सा जारी गरिसकेको छ । गायक खातीका अनुसार गीतमा उठान गरिएका शब्दहरुले सबै नेपालीका लागि हौसला र उत्प्रेरणा प्रदान गर्न सक्ने विश्वास लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्