Logo

दुई जना पत्रकारलाई पनि कोरोना पुष्टि


कलाखबर संवाददाता,जेठ ९–काठमाण्डौं । कपिलवस्तुमा शुक्रबार संक्रमण पुष्टि भएका नौ जनामध्ये दुई जना पत्रकार रहेको खुलेको छ । दुईजनामध्ये एकजना कपिलवस्तु नगरपालिका वडा नं। ३ तौलिहवाका २९ वर्षका र अर्का वाणगंगा नगरपालिका वडा नं  ८ का २४ वर्षका पुरुष हुन्।

एकजना पत्रकार महासंघ कपिलवस्तुका कार्यसमिति सदस्य समेत हुन् । उनले स्थानीयस्तरबाट एक अनलाइन सञ्चारमाध्यम सञ्चालन गर्दै आएका थिए । एकजना वाणगंगा नगरपालिका चार नम्बरस्थित बुद्ध आवाज टेलिभिजनका सञ्चारकर्मी हुन् ।

दुवै पत्रकारको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मी उनीहरूको सम्पर्कमा पुगिसकेका पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष डिला भुसालले बताए । योसँगै कपिलवस्तुमा कोरोना संक्रमितको संख्या ६९ जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्