लकडाउनको मोडालिटी परिवर्तन तथा विदेशमा अलपत्र परेका नेपालीहरुको उद्धारको विषयमा मन्त्रीपरिषदको बैठक बस्दै
कलाखबर संवाददाता,जेठ ९–काठमाण्डौं । लकडाउनको मोेडालिटी परिवर्तन तथा बिदेशमा अलपत्र परेका नेपालीहरुको उद्धार र कोरोना रोकथामको विषयमा छलफल गर्न अहिले बिहान मन्त्रीपरिषदको बैठक बस्ने भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तय भएको बैठक अहिले विहान १० बजे बस्न गैरहेको जनाइएको छ । आजको बैठकमा लकडाउनको मोडालिटी परिवर्तन गर्ने सम्बन्धि समेत छलफल हुने अनुमान गरिएको छ ।
बैठकबाट कोरोना रोकथाम तथा विदेशमा अलपत्र परेकाहरुको बिषमा गम्भिर रुपमा महत्वपूर्ण छलफल हुने बुझिएको छ ।