Logo

सोलुखुम्बुको महाकुलुङ गाउपालिकाका जनप्रतिनिधि र कर्मचारीको टोली आठ दिनको क्वारेन्टिन बसाई पछि आरडिटि परिक्षण गरेर गाउँपालिका फर्के


कलाखबर संवाददाता,८जेठ–काठमाण्डौं । राजधानी काठमाण्डौंमा महाकुुलुङ गाउँपालिकाबासीलाई राहत वितरण गरेर गाउँ फर्केका सोलुखुम्बु जिल्लाको महाकुलुङ गाउँपालिका अध्यक्ष सागर किराँतीको टोली आठ दिनको क्वारेन्टिन बसाई पछि बुधबार कार्यलय फर्केका छन् । महाकुलुङमा निर्मित क्वारेन्टिनमा बसेका अध्यक्ष किराँती र कर्मचारीहरुको टोली आरडिटि परिक्षण पश्चात गाँउपालिकाको कार्यलय फेर्केका हुन् । महाकुलुङ गाउपालिकाका जनप्रतिनिधि र कर्मचारीको आरडिटि परिक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।

बिगत एक हप्ता अघि काठमान्डौमा रहेका आफ्ना नागरिकलाई राहत बितरण गरेर आएपछि एकसाता अघि देखि उनिहरू क्वारेन्टिनमा रहेका थिए । क्वारेन्टिनमा रहेका गाउपालिका अध्यक्ष सागर किराती सहित आठै जनाको आरडिटि रिपोर्ट नेगेटिभ आएपछी अब उनिहरू आ-आफ्नो घर फर्किने सक्ने स्वास्थ्य शाखा महाकुलुङले जनाएको छ । क्वारेन्टिन प्रतिको आम मानिसको नकारात्मक बुझाई चिर्न र सचेतना जगाउन वा सुरक्षित बन्नका लागि पनि आफूहरू क्वारेन्टिनमा बसेको अध्यक्ष किराँतीले बताए ।

क्वारेन्टिनबाटै जनताको आवश्यक काम पनि गरेको किराँतीले कलाखबरलाई जानकारी दिए । अहिले क्वारेन्टिनबाट सबैजना गाउपालिका फर्किसकेका छन । अब भने कार्यलयमा नै बसेर धमाधम काम गर्ने पनि अध्यक्ष किराँतीको भनाई थियो । महाकुलुङ गाउपालिकाले स्थापना गरेको क्वारेन्टिनमा रहेका १० जना मध्ये आज ८ जनाको आरडिटि टेष्ट गरिएको हो ।

जसमा गाउँपालिका अध्यक्ष , सागर किरती, प्रमुख प्रशासकीय अधिकृत , लबुन राई, वडा नम्बर २ का अध्यक्ष प्रदिप राई, लेखा अधिकृत ,नारायण काजी बस्नेत, कृषि तथा पशु पंक्षी सेवा शाखा प्रमुख डा. बिर्ख राज कुलुङ, सुचना तथा प्रविधि अधिकृत , कृष्ण राई, स्थानीय युवा स्वयंसेवक  दीप कुलुङ र सवारी चालक , प्रेम बहदुर तमाङ रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्