Logo

जागरणमुलक गित ‘दुष्ट भो छिमेकी’ सार्बजनिक (भिडियो सहित)


कलाखबर संवाददाता,७ जेठ –काठमाण्डौं । ‘दुष्ट भो छिमेकी’ बोलको जागरणमुलक गित सार्बजनिक भएको छ । उक्त गित डक्टर किरातको अफिसियल युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको हो । भारतले नेपाली भुमि कब्जामा लिइरहेको अवस्थामा ब्यापक विरोध भैरहेको छ ।  सार्वभौमसत्ता मुलुक माथी गरिएको हेपाह प्रवृतिलाई  गितले  गतिलो जबाफ दिएको छ ।

सीमा खुला भएका र समान धार्मिक र सांस्कृतिक धरोहर भएका दुई छिमेकी मुलुक बीचको सम्बन्ध सुमधुर भएता पनि भारतले बेला बेला सिमा विवादमा अल्झन निकाल्ने गरेको छ ।   त्यही अनुभब लाई  प्रगतिशिल लेखक तथा प्राध्यापक डा. धन प्रसाद सुबेदिले गीतमा समेट्न खोज्नुभएको छ । डाक्टर किरात संगीतकार रहेको गीतमा  मिना राई, मनिषा लिम्बु, बलराम समाल र डक्टर किरातको समेत सामुहिक स्वर रहेको छ । गितमा ऐरेन्ज बिक्रम कार्किले गरेको हुन भने रेकर्डिस्ट र मिक्सिङ धनपाल गुरुङको रहेको छ ।

भेनस रेकर्डिङ स्टिडियोमा रेकर्ड गरिएको यस गितको  छायाङकन तथा सम्पादन गङ्गाराम राईले गरेका हुन । कोरोनाको कारण राष्ट्रीय सवालमा  आन्दोलनमा जानु नपाए पनि आफ्नो सृजनाबाट नै जागरण र बिरोध स्वरुप यो गित निकालिएको हो । बन्दाबन्दिको अवस्थामा निकै ठुलो दुखको साथ देश र नेपाली जनताको लागी एउटा सृजना दिन खोजेको युबा संगीतकार तथा गायक डक्टर किरातले कलाखवरलाई बताए ।

भिडियो :

प्रतिक्रिया दिनुहोस्