Logo

अब नेपालमा पनि कोरोनाको आतंक,फेरि एकै दिनमा ६२ जनामा कोरोना पुष्टि


कलाखबर संवाददाता,५ जेठ –काठमाण्डौं । नेपालमा एकैदिन ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार बाँके, गुल्मी, रौतहट, बारा, धादिङ, मोरङ, दाङ र धनुषा जिल्लाका गरी ६२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयले सोमबारको पत्रकार सम्मेलनमा जानकारी दिएअनुसार गुल्मीपनि नयाँ कोरोना संक्रमित फेला परेका छन् । भैरहवाको प्रयोगशालामा गुल्मीका ४० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

यो सँगै नेपालका ३१ जिल्लामा कोरोना संक्रमण फैलिएको छ । देवकोटाका अनुसार सोमबार बाँकेमा ४६ पुरुष र एक महिला गरी ४७ जनामा संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । यसैगरी मोरङस्थित प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा मोरङकै एक जना पुरुष, धुलिखेल अस्पतालको प्रयोगशालामा धनुषाका एक जना, रौतहटका १ जना दाङका एक जना र धादिङका एक जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

पत्रकार सम्मेलनबाहेक सोमबार बिहान मन्त्रालयले ९ जनामा कोरोना संक्रमण पुष्टि भएको पत्रकार सम्मेमलनमार्फत जानकारी दिएको थियो । बिहान संक्रमण पुष्टि भएका रौतहट ८ र बारा जिल्लाका १ जना रहेका छन् । योसँगै नेपालमा कूल संक्रमितको संख्या ३५७ पुगेको छ । यसमा २ सय ९८ पुरुष तथा ५९ जना महिला रहेका छन् । यस्तै संक्रमितमध्ये २ जनाको मृत्यु भएको छ भने ३६ जना निको भएर घर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्