लकडाउन फेरि लम्ब्याउने सरकारकोे निर्णय,जेठ २० गते सम्म अवधी थप्यो

कलाखबर संवाददाता,४,जेष्ठ–काठमाण्डौं । सरकारले आगामी जेठ २० गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको छ। मन्त्रिपरिषद्को आइतबार सम्पन्न बैठकले थप १५ दिन अर्थात जेठ २० सम्म लकडाउन गर्ने निर्णय गरेको एक मन्त्रीले कलाखबरलाई बताए ।
सरकारले यसअघि कायम गरेको लकडाउनको अवधि सोमबार मध्यरातदेखि सकिन लागेको अवस्थामा कोरोना संक्रमणको जोखिम थप बढ्दै गएको निष्कर्षका साथ लकडाउन लम्ब्याउने निर्णय भएको हो। नेपालमा कोरोनाको जोखिम न्यूनीकरणका लागि भन्दै गत चैत ११ गतेदेखि निरन्तर लकडाउन रहेको छ ।
तर, यो बीचमा २९५ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ भने कोरोनाकै कारण २ जनाको मृत्यु भइसकेको छ । कलाखबर यो सँगै अब सरकारले शर्तकता अपनाउन थालेको हो ।