Logo

कोरोनाबाट पहिलो चोटी नेपालमा एक महिलाको मृत्यू,संक्रमितको संख्या २८१ पुग्यो


कलाखबर संवाददाता,३,जेष्ठ–काठमाण्डौं । नेपालमा पहिलो चोटी कोरोनाभाइरसबाट एक जनाको मृत्यू भएको छ । सिन्धुपाल्चोक घर भएकी २९ एक महिलाको कोरोनाको कारण शनिबार ज्यान गएको हो । सो कुरा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयले कोभिड–१९ बाट मृत्यु भएको यो पहिलो घटना भएको शनिबार राति एक विज्ञप्ति जारी गर्दै जनाएको छ ।

मृतक महिला सुत्केरी भएको स्वास्थ्य मन्त्रालयले विज्ञप्तीमा जनाएको छ । उनले त्रिवि शिक्षण अस्पतालमा शिशुको जन्म दिएकी थिइन् भने २५ गते डिस्चार्ज भएर सिन्धुपाल्चोकस्थित घर गएकी थिइन् । तर घर गएपछि उनलाई ज्वरो आउनुका साथै स्वासप्रश्वासमा पनि समस्या देखिएपछि स्थानीय अस्पतालमा भर्ना लगिएको थियो ।

तर त्यहाँ कोरोनाको आशंका गर्दै धुलिखेल अस्पतालमा रिफर गरिएकोमा बाटैमा उनको मृत्यु भएको मन्त्रालयले जनाएको छ । नेपालमा शनिबार एकैदिन १३ जना कोरोनाभाइरसका नयाँ बिरामी थपिएका छन् स्वास्थ्य मन्त्रालयले शनिबार राति सार्वजनिक गरेको अध्यावधिक विवरणअनुसार धनुषाका २ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै शनिबारमात्रै १३ जना संक्रमित पुष्टि भएको हो । यो सँगै नेपालमा संक्रमितको संख्या २८१ जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्