Logo

कोरोना संक्रमित भागेमा प्रहरीले गोली हान्ने


कलाखबर संवाददाता, २ जेठ– काठमाण्डौं । अस्पताल, क्वारेन्टाइन, आइसोलेसन वाट संक्रमित भाग्ने क्रम नरोकिएपछि सरकारले पर्सा जिल्लामा गोली हान्ने अधिकार दिएको हो । बेला बेला यस्ता घटना बाहिरिएपछि सरकार थप क बुधबार संकट व्यवस्थापन केन्द्रको बैठकले सुरक्षाकर्मीहरूलाई अस्पतालबाट भाग्ने कोरोना संक्रमितलाई गोली हान्ने अधिकार दिएको हो।

सो निर्णयको बारेमा पर्साका एसपी गंगा पन्तले पुष्टि गरेकी छन्। ‘हिजोको बैठकले हामीलाई अधिकार दिएको हो,’ एसपी पन्तले भनिन्। गत बुधबार वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालबाट शौचालय जाने बहानामा दुई जना संक्रमित भेन्टिलेसन फोडेर भागेका थिए।

प्रहरीले उनीहरूलाई सोही दिन पक्राउ गरेको थियो। उक्त घटनालाई मध्यनजर गर्दै केन्द्रले अस्पतालबाट भाग्न नदिन यस्तो निर्णय गरेको हो। सुरक्षाकर्मीलाई संक्रमित भागेमा नियन्त्रण लिन आवश्यकता अनुसार बल प्रयोग गर्ने तथा गोली समेत चलाउन पाउने अधिकार दिने निर्णय गरेको हो।

प्रतिक्रिया दिनुहोस्