Logo

नेपाली काँग्रेस सोलुखुम्बु काठमाण्डौं सम्पर्क समितिद्वारा वृहत रक्तदान कार्यक्रम सम्पन्न


 

राज कुमार राई,३१,बैशाख – काठमाण्डौं । नेपाली काँग्रेस सोलुखुम्बु काठमाण्डौं सम्पर्क समितिले वृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । विश्वभरि फैलिएको कोरोना कोभिड १९ महामारीको चपेटामा परी लामो समय लकडाउनले सृजना गरेका समस्यलाई मध्यनजर गरी सहयोगार्थ स्वरुप रक्तदान कार्यक्रम गरिएको हो । पूर्व मन्त्री तथा नेपाली काँग्रेस केन्द्रीय सदस्य अर्जुन नरसिङ केसीको प्रमुख आतिथ्यमा २८ गते आईबार चाबहिल स्थित एसी कम्पेलक्स अगाडी समितिले कार्यक्रक सञ्चालन गरेको हो ।

नेपाली काँगे्रस सोलुखुम्बु काठमाण्डौं सम्पर्क समिति र नेपाल रेडक्रस सोसाईटीको समन्वयमा सो रक्तदान कार्यक्रमको आयोजना गरिएको हो । आयोजित कार्यक्रममा ५२ जनाले रक्तदान गरेको नेपाली काँगे्रस सोलुखुम्बु काठमाण्डौं सम्पर्क समिति सचिव टार्जन कुलुङले जानकारी दिए । कार्यक्रममा नेपाली काङ्ग्रेस पार्टी केन्द्रिय सदस्य ,नेपाली काङ्ग्रेस महासमिती सदस्यहरु समेतको पनि उपस्थिति रहेको सचिव कुलुङले बताए ।

उपस्थित हुने सदस्यहरुमा खिला राज बस्नेत, भोज राज कार्की, जय प्रसाद राई, शम्भु हरि बास्तोला,नेपाली काङ्रेस सोलुखुम्बु जिल्ला सचिवस् भलाकाजी कुलुङ,नेपाल तरुन दल सोलुखुम्बु जिल्ला अध्यक्षस् अशोक कुमार झा ,गिरिजा प्रासाद फाउण्डेसन सोलुखुम्बु अध्यक्षस् चोलेन्द्र कार्की , नेपाली काङ्ग्रेस सोलुखुम्बु काठमाण्डौं सम्पर्क समितिका अध्यक्ष गोकर्ण बस्नेत,कोषाध्यक्ष  नवीन कार्की

नेपाली काङ्ग्रेस दक्षिन कोरिया अध्यक्ष  आस्था विन्दु मल्ल ठकुरी , प्रदेश सांसद प्रत्यासी प्रकाश सिंह कार्की लगायत सोलुखुम्बु जिल्लाका अन्य नेपाली काङ्ग्रेस जिल्ला सदस्यहरु, नेपाली काङ्ग्रेस सोलु काठमाण्डौं सम्पर्क समितिका अन्य सदस्यहरु पार्टी शुभेच्छुक नेता तथा कार्य कर्ताहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्