Logo

सँस्कृति तथा नेपाली साहित्य जगतका शिखर पूरुष सत्य मोहन जोशीले १०१ औ आफ्नो बार्षिक जन्महत्सव मनाए


राज कुमार राई,३१,बैशाख – काठमाण्डौं । नेपाली कला साहित्यमा अमुल्य योगदान दिएर इतिहास पुरुष बनेका साहित्यकार सत्य मोहन जोशीले मंगलबार आफ्नो जन्मत्सव मनाएको हो । शताब्दी पुरुष बनेर आफ्नो चिनारी दिएका जोशीले १०१ औ वसन्त पार गरेको अवसरमा जन्मत्सव मनाएको हो । गत बर्ष जोशी एक सय बर्ष पुगेको अवसरमा जन्मदिन मनाउदा ललितपुर महानगरपालिकाले महानगरपालिकाभर सार्वजनिक विदा दिएको थियो ।

साथै महानगरपालिकाले एक वर्षभर विभिन्न कार्यक्रम गरी जन्मशताव्दी मनाउने निर्णय गरेको थियो । यस वर्ष कोरोना भाइरस संक्रमणको जोखिम रोक्न लकडाउन गरिएकाले औपचारिक कार्यक्रमहरु नगरिएको हो । उपमेयर गीता सत्यालले लकडाउनका कारण कुनै कार्यक्रम आयोजना नगरिएको जानकारी दिनुभयो ।

गत वर्ष सत्यमोहनको सम्मानमा नगरपरिक्रमा, रक्तदान, नगरपालिकाभित्रका जेष्ठ नागरिकहरुलाई सम्मान लगायतका कार्यक्रम गरिएको थियो । यसैबीच जोशी १०१ वर्ष पुगेको अवसरमा नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीले शुभकामना दिनुभएको छ । उहाँले ट्वीटरमार्फत् जोशीको सुस्वास्थ्यको कामना गर्नुभएको छ ।

राजदूत बेरीले जोशीलाई महान नेपाली लेखक र जीवित साँस्कृतिक आइकनको उपमा दिनुभएको छ । उहाले नेपाली कला साहित्यमा दिनुभएको योगदानले देशको शीर उच्च भएको छ ।

प्रतिक्रिया दिनुहोस्