Breaking News उपचारमा खटिने नर्समा पनि कोरोना देखियो, अब नेपालमा खतराको घण्टी
राज कुमार राई,३१,बैशाख – काठमाण्डौं । ललितपुरस्थित आरोग्य प्रतिष्ठानमा कार्यरत एक महिला नर्समा पनि कोरोना देखिएको छ । आरोग्य प्रतिष्ठानमा कार्यरत भक्तपुर बस्दै एक २५ वर्षीय महिलालाई कोरोना संक्रमण पुष्टी भएपछि प्रहरीले निदान अस्पतलासँगै रहेको प्रतिष्ठानलाई सिल गरेको हो ।
लकडाउनअगाडि सुनसरीस्थित घर पुगेकी ती महिला केही दिनअघि मात्रै काममा फर्केकी थिइन् । तर उनलाई काममा लगाउनुअघि पिसिआर टेस्ट गर्ने भन्दै परीक्षण गराइएको थियो । सो क्रममा उनमा कोरोना लागेको पोजिटिभ देखिएको हो ।
उनलाई लिन र पुराउन जाने आरोग्य प्रतिष्ठानका एम्बुलेन्स चालकलाई पनि संक्रमणको आशंका गरी पूरै प्रतिष्ठानलाई सिल गरिएको हो । एम्बुलेन्स चालकको सम्पर्क प्रतिष्ठानकै अन्य कर्मचारीसँग पनि भएको कारण प्रतिष्ठानलाई पूरै सिल गरिएको हो ।