देश बचाउ अभियानमा प्रत्रकार सम्मेलन गर्दा पूर्व प्रहरी महानिरीक्षक र पूर्व सहायक रथी पक्राउ (भिडियो सहित)

कलाखबर संवाददाता,२७,बैशाख– काठमाण्डौं । लकडाउनको मौका पारेर भारतले कालापानी र लिपुलेकमा .चाइनासँग व्यापारिक मार्ग जोडिने सडक उदघाटन गरेको छ । नेपालीलाई थाहा नै नदिई भारतले नेपालीभूमी हडपेको बिरुद्धमा आवाज उठाउन तथा नेपाली जनता एक भएर भारतको यो अतिक्रमनलाई खारेज गर्ने बिरुद्धमा पत्रकार सम्मेलन गर्दा तीन अभियानकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पूर्व प्रहरी महानिरीक्षक डा. ठाकुर मोहन श्रेष्ठ र पूर्व नेपाली सेनाका सहायक रथी डा. पे्रम सिंह बस्न्यात रहेका छन् । राष्ट्रपे्रमी तथा अभियानकर्ताहरु वरिष्ठ पत्रकार अनिल योगी, पूर्व प्रहरी महानिरीक्षक डा. ठाकुर मोहन श्रेष्ठ र पूर्व नेपाली सेनाका सहायक रथी डा.पे्रम सिंह बस्न्यात लगायत तीन जनाले देश बचाउ अभियानमा पत्रकार सम्मेलन गरेका हुन् ।
सञ्चारकर्मी जम्मा गरेर राजधानी काठमाण्डौंको संकपार्क स्थित शनिबार कार्यक्रम सुरु गर्नै लाग्दा उनीहरुलाई प्रहरीले पक्राउ गरेका हुन् । पक्राउ परेका उनीहरु दुवै जनालाई महानगरीय प्रहरी वृत महाराजगञ्जमा राखिएको छ ।
पत्रकार अनिल योगीलाई भने परिपत्र देखाए पछि प्रहरीले छोडिदिएका थिए । नेपालको राष्ट्रिय स्वाधीनता,सार्बभौमिकता र भौगोलिक अखण्डताको बिरुद्धमा भारतीय पक्षले ठाँडो हस्तक्षेप र अतिक्रमण गरेको अभियानकर्ताहरुले पे्रस नोटमा जनाएका छन् । यस विरुद्धको घोरभर्षना गर्दै थप नयाँ कार्यक्रम गरेर नेपाली जनता सडकमा उतार्ने पत्रकार अनिल योगीले बताए ।
आफूहरुको पहिलो चरणको कार्यक्रमलाई प्रहरीले हस्तक्षेप गरेपनि कुनै विचलित नभएको पनि योगीले कलाखबरलाई जानकारी दिए । साथै छिमेकी राष्ट्रको हस्तक्षेप र अत्याचार बिरुद्ध आवाज उठाउन खोज्दा पक्राउ परेका आफना अभियानकर्ताहरु पूर्व प्रहरी महानिरीक्षक डा. ठाकुर मोहन श्रेष्ठ र पूर्व नेपाली सेनाका सहायक रथी डा. पे्रम सिंह बस्न्यातलाई बिना शर्त अभिलम्ब रिहाई गर्न पनि योगीले माग गरे ।
नेपाली नागरिकको हैसियतले यस्ता गैर जिम्मेवारी हेपाहा प्रवृत्ति सहाय नहुने पनि उनीहरुले आफ्नो प्रेस नोटमा उल्लेख गरेका छन् । यो अवस्थामा लाचारीपन देखाउदै कानमा तेल हालेर सरकार टुलुटुलु हेरेर मौन बसेकोमा अभियानकर्ताहरुले खेद प्रकट गरेका छन् । कुनै पनि बाहानाबाजी गरेर नेपाली भुगोलमाथी गरिएको हस्तक्षेपलाई सबै नेपाली जनता एक भएर बुलन्द आवाज उठाउन समेत अभियानकर्ताहरुले अपिल गरेका छन् ।