Logo

डां बाबु राम भट्टराईद्वारा संसद बैठकमा प्रधान मन्त्रीको राजिना माग


कलाखबर संवाददाता,२६,बैशाख–काठमाण्डौं । प्रतिपक्षी दल जनता समाजवादीका नेता डा। बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओलीको राजिनामा माग गरेका छन् । बजेट अधिवेशनको बैठकलाई सम्बोधन गर्दै डा। भट्टराईले शुक्रबार प्रधानमन्त्री ओलीको राजिनामा मागेका हुन् । अहिलेको विषम परिस्थितिमा प्रधानमन्त्री ओलीले रोगले ग्रसित आफ्नो जीर्ण शरीरलाई राजिनामा दिएर आराम गर्न भट्टराईले सुझाब दिए ।

शिखर चढ्न सजिलो हुने तर शिखरमा टिक्न कठिन हुने बताउदै भट्टराईले अहिले ओली पनि जनतासामु टिक्न कठीन भईरहेको औल्याए । जर्बजस्ती ओली अब पनि प्रधामन्त्रीको कुर्सीमा बसीरहे झन आफ्नो छवी घुम्न सक्ने पनि भट्टराईले बताए । ६५ बर्ष उमेर नाघीसकेकोले प्रधानमन्त्रीको दावेदार गर्नु भन्दा पनि नयाँ युवा पुस्तालाई कुर्सी छोडिदिएर सहयोग गरेमा मात्र देशमा सम्मृद्ध विकास हुने भट्टराईको भनाई थियो ।

साथै अबको नयाँ बजेटमा कृषि तथा उत्पादन क्षेत्रलाई बिशेष जोड दिनुपर्ने पनि उहाले बताए । अहिले महामारीले विश्व हल्लाई रहेको बेला नेपालमा मान्छे मेरेका छैन, संक्रमितको संख्या पनि कम र सामान्य रोग हो भनेर खेलाची गर्न नहुने पनि भट्टराईले बताए । शिक्षा मन्त्रीले लकडाउन खुलेको एक हप्ताभित्र एसईई सञ्चालन हुन्छ भन्दै अभिवाक र बिद्यार्थीमाझ भ्रम छरेको भन्दै भट्टराईले आपत्ती जनाए ।

सरकारले ग्रेडिङ प्रणाली छुटाएको अवस्थामा एसईईको महत्व नभएको बताउदै, सम्बधीत बिद्यालयकै मुल्याङ्कनको आधारमा प्रमाणपत्र वितरण गर्दा केही फरक नपर्ने पनि उहाले बताए । अहिले बिदेशी भुमीमा अल्पत्र अवस्थामा रहेका नेपालीहरुलाई चाडो उद्धार गरेर नेपाल फर्काउनु पर्नेपनि उहाँले संसदसामु माग गरे ।

प्रतिक्रिया दिनुहोस्