संसदको बैठकमा सांसद अपहरणकारीलाई कडा कारबाही गर्ने देउवाको माग

कलाखबर संवाददाता,२६,बैशाख–काठमाण्डौं । ले सरकारको कडा आलोचना गरेका छन् । संघीय संसदको प्रतिनिधिसभा बैठकलाई शुक्रबार सम्बोधन गर्दै देउवाले सिंगो देश कोरोनाबाट आतंकित भएको बेलामा सरकारले लोकतान्त्रिक मूल्य र मान्यता एवं संविधानको मूल भावना विपरित दुइवटा विवादास्पद अध्यादेश जारी गरेर अलोकतान्त्रिक एवं गैह्र जिम्मेवार चरित्र प्रस्तुत गरेको आरोप लगाएका छन् ।
यो अवस्थामा सरकारले कुनै पनि महत्वपूर्ण कदम चालेर जनतालाई प्रत्याभुती दिन नसेको देउवाले बताए । यो बेला कालोबजारी बढ्नु, र सांसदको अपहरण हुनु जस्ता निन्दनीय कामले. सरकार असफल मात्र नभएर लज्जास्पद भएको पनि देउवाले बताए । सबैपक्ष कोरोना विरुद्धको लडाईमा एक भएर लागेको बेला दल विभाजनको अध्यादेश ल्याउनु र संवैधानिक परिषद्को गरिमा समाप्त पार्ने षड्यन्त्र गर्नु प्रधानमन्त्रीको नियोजित नियत भएको देउवाले दावी गरेका छन् ।
उनले एक सांसदको अपहरण प्रकरणमा नै न कुनै रुपले सरकारको संलग्नता देखिएके पनि देउवाले आरोप लगाए । उनले यो घटनाको निन्दा गर्दै अपराधमा संलग्न सबैलाई कडा कार्वाही गर्न समेत देउवाले माग गरे । म सरकार बाहिर रहेका राजनीतिक दल, संचार माध्यम, बुद्धिजीवी र समस्त नेपालीलाई यसबारे सजग र एकताबद्ध हुन अनुरोध गर्दछु’, देउलाले भने । देउावले सरकारले शासन गर्ने राजनीतिक र नैतिक आधार गुमाई सकेको भन्दै प्रधानमन्त्रीले राजीनामा दिँदा ठीक हुने सुझाव दिए।