Logo

मोडल तथा गायीका आशा लिम्बु र हर्कराज कुलुङको रोचक अभिनय रहेको झुल्के घाम बोल गीतको म्यूजिक भिडियो सार्बजनिक


कलाखबर संवाददाता,२४,बैशाख– काठमाण्डौं । मोडल तथा गायीका आशा लिम्बु र रेडियोकर्मी हर्कराज कुलुङको रोचक अभिनय रहेको ‘झुल्के घाम; बोल गीतको म्यूजिक भिडियो सार्बजनिक भएको छ । चर्चित गायीका श्रेयासी चेम्जोङ र गायक सुर्य पुलामी मगरको स्वर लहरी भरिएको ‘झुल्के घाम; बोल गीतमा मोडल लिम्बु र सञ्चारकर्मी कुलुङले अभिनय गरेका हुन् ।

सोलुखुम्बु जिल्लाको सुन्दर बस्ती महाँकुलङ गाँउको प्राकृतिक सुन्दरतालाई पृष्ठभूमी बनाएर कोरसहरुको माझजमा लिम्बु र कुलुङले रोमान्स गरेका छन् । कोरस कलाकारहरुमा दिलकुमार कुलुङ, देबिका कुलुङ,मङ्गिता कुलुङ,बेनिता कुलुङ आदी रहेका छन् । पाँचथर जिल्लामा जम्मेर राजधानी काठमाण्डौंलाई कर्मथलो बनाएकी लिम्बुले विभिन्न गीत संगीतमा अभिनय गरि सकेकी छिन् भने थुप्रै गीतमा स्वर पनि भरिसकेकी छिन् ।

सोलुखुम्बु जिल्लामा नै जन्मेका मोडल कुलुङ भने त्यहीकै स्थानीय हुन् । उनी पेशाले सोलु एफ.एम. सञ्चारकर्मी हुन् । दिनेश राज बाहकको एरेन्ज रहेको सो गीतमा रोशन बालुवाले संगीत भरेका छन् । गायक सुर्य पुलामी आफैको रचना रहेको गीतमा शब्द चयन तथा लय संकलन मन बहादुर कुलुङको रहेका छन भने कथा निर्देशन पनि उनले नै गरेका हन् ।

सानैदेखि कलाकार बन्ने सपना बोकेर केही समय अगाडी राजधानी छिरेका कुलुङले दर्जनौ गीत पनि गाइसकेका छन् । गायक,संगीतकार,रचनाकार हुदै कुलुङ निर्देशक समेत बनेका हुन् । त्यसो त कुलुङ कलाकारिता जगतमा बहुमुखी प्रतिभाको धरोहर पनि हुन् । उनले हाँस्यटेलिशृङखलामा पनि धेरै अभिनय तथा निर्माण गरिसकेका छन् ।

निदेर्शक तथा गायक कुलुङको आफ्नै जन्मथलो महाँकुलुङ गाँउपालिकाको छेस्काममा छाँयाङ्कन गरिएको यो दृश्यलाई सिर्जन शिरीषले सम्पादन गरेका हुन् भने भिडियो छाँयाङ्कन पनि उहाले नै गरेका हुन् । उनी पेशाले क्यामेरा छाँयाकार ह्न भन्े कलाकारिता क्षेत्रमा पनि राम्रो अनुभव बटुलेको छ । विलासी जिवनको मोह खोज्दै प्रदेशीएको श्रीमानको सम्झनामा तड्पीएकी महिलाको वास्तविक यथार्थलाई यो भिडियोमा उतारिएको छ ।

झुल्के घामछायाँसंग जिनदगीलाई तुलना गर्र्दै, प्रदेशीएका श्रीमानको विलौना गर्दागर्दा आधा उमेर पनि वितिसकेको कारुणीक कहानी रोचक अभिनयको माध्यमबाट यो भिडियोमा प्रस्तुुत गरिएको छ । मायालु फकेर आउला अनि भविष्को नयाँ जग बसाल्ने परिकल्पना गर्दागर्दै आधा जवानी पनि सकिएको सन्देश मुलक कथा यो भिडियोले उजाघर गरेको छ ।

पूर्व पश्चिम र उत्तर दक्षिण जहाको साथी भाई भए पनि चिनजान भए पछि जुनी भरीको अमर सम्बन्धलाई बिर्सनै नसकिने कुरा निर्देशकले यो भिडियोमा समावेश गरेको छ । युगल जोडीबीचको आपसी माया प्रेम तथा परिवारिक जिवनमा जेल्नुपर्ने वास्तविक कहानी समेतिएको यो भिडियोलाई सोलुखुम्बु मिडियाको च्यानल मार्फत सार्बजनिक गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्