Logo

सचिवालय बैठकमा दुई अध्यक्षबीच चर्काचर्की भए पछि ओली बाहिरिए


कलाखबर संवाददाता,२४,बैशाख– काठमाण्डौं । नेकपा केन्द्रीय सचिवालय बैठकमा दुई अध्यक्षबीच चर्काचर्की भएको छ । चर्काचर्की भएपछि ओली एक्कासी बाहिरिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा प्रचण्ड र प्रधानमन्त्री केपी शर्मा ओेली बीच चर्काचर्की भएको हो ।

चर्काचर्की भएपछि पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री ओली बाहिरिएका छन् । बैठकमा नेताहरुबीच चर्काचर्की हुन थालेपछि प्रधानमन्त्री ओली आफ्नो शयनकक्षतर्फ लाग्नुभएको बालुवाटार निकट श्रोतले जानकारी दिएको छ ।

प्रधानमन्त्री ओली एक पद एक मुख्य जिम्मेवारीको विपक्षमा रहेका छन् तर बहुमत सचिवालय सदस्यहरु त्यसको कार्यान्वयन गर्ने पक्षमा छन् । सचिवालय बैठकअघि नेताहरु आन्तरिक छलफलमा जुटेका थिए । बिहीबार सो पार्टीको स्थायी समिति बैठक बस्दैछ ।

प्रतिक्रिया दिनुहोस्