जेष्ठको २ गते सम्म प्रतिबन्ध गरिएको आन्तरिक र बाहय हवाई उडान पनि फेरि १६ दिन थप्यो
कलाखबर संवाददाता,२४,बैशाख– काठमाण्डौं । जेष्ठको २ गते सम्म प्रतिबन्ध गरिएको आन्तरिक र बाहय हवाई उडान पनि फेरि सरकारले १६ दिन थप गरेको छ । यो सँगै जेष्ठको १८ गते सम्म अन्तर्राष्ट्रीय र राष्ट्रीय दुवै उडान थप्प हुने भएको छ । यसअघि यो प्रतिबन्ध जेठ २ सम्म जारी गरिएको थियो ।
मन्त्रिपरिषद्ले लकडाउन जेठ ५ गतेसम्म जारी राख्ने निर्णय पनि गरेको छ । त्योसँगै सरकारले जेठ १८ गतेसम्म सीमा सिल गर्ने निर्णय गरेको छ । भारत कोरोनाको जोखिम दिनप्रतिदिन बढिरहेकाले जेठ १८ गतेसम्म आवागमन रोक्ने निर्णय भएको एकमन्त्रीले जानकारी दिए ।
यस्तै सरकारले जारी लकडाउन १० दिन थप गर्दै जेठ ५ गतेसम्म लम्बाएको छ ।