Logo

बैशाख २५ मा खुलाउने भनिएको लकडाउन फेरि निरन्तरता दिने उच्चस्तरीय समितिको निर्णय


 

कलाखबर संवाददाता,२३,बैशाख– काठमाण्डौं । बैशाख २५ मा खुलाउने भनिएको लकडाउन फेरि सरकारले निरन्तरता दिने भएको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठकले यस्तो निर्णय गरेको समितिका सदस्य सचिव तथा प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद विडारीले जानकारी दिए ।

कोही पनि व्यक्ति र नागरिक हाम्रो मुलुकमा कोरोनाबाट मृत्युबरण गर्न नपरोस् भनेर अहिले अख्तियार गरेको नितिलाई प्रभावकारी र सशक्त बनाउने विषयमा छलफल भएको छ’ बैठकपछि सचिव विडारीले बताए । उनका अनुसार लकडाउन मन्त्रिपरिषद बैठकले थप छलफल गरेर निर्णय गर्नेछ ।

यद्यपि लकडाउनको निरन्तरता कायमै रहने उहाको भनाई थियो । उनले सरकारले कोरोना नियन्त्रणका लागि लिएको बाटो सही भएको पनि बैठकले निश्कर्ष निकालेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्