Logo

नेपालजञ्जमा प्रहरी र स्थानीयबीच झडप हुदा प्रहरीको गाडीमा तोडफोड,अहिले स्थिति तनाब


रासस, बाँके,२३,बैशाख– काठमाण्डौं । नि’षेधित क्षेत्र घो’षित नेपालगञ्ज उपमहानगरपालिकामा प्रहरी र स्थानीय व्यापारीबीच आज झ’डप भएको छ । झडपका क्रममा वडा प्रहरी कार्यालय नेपालगञ्जको गाडी तो’डफोड गरिएको छ । बजार ब’न्द गराउनेक्रममा स्थानीय व्यापारीको स’मूहले प्रहरीको गाडीमा तो’डफोड गर्दा गाडीको अगाडिको सिसा फुटेको प्रहरीले जनाएको छ ।नि’षेधाज्ञा कार्यान्वयन गराउनेक्रममा सडक यात्रुलाई ति’तरवितर गर्न त्रिवेणी मोडमा खाद्यान्न पसल गर्दै आएका रवि गुप्ताले पसल खोल्न पाउनुपर्ने भन्दै एक्कासि प्रहरीमाथि हा’तपात गरेका थिए ।

प्रहरीले उनीमाथि सामान्य ब’ल प्रयोग गरेर नियन्त्रणमा लिएको बाँकेका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिए ।बजार ब’न्द गराउनेक्रममा प्रहरीमाथि हा’तपात गर्ने व्यापारी गुप्तालाई नियन्त्रणमा लिएर ’घटनाका बारेमा सोधपुछ गरिएको प्रहरी प्रवक्ता सिंहले बताए ।

स्थानीय प्रशासनले उपमहानगरपालिका क्षेत्रलाई आज बिहान ११ बजेदेखि यही वैशाख २५ गते मध्यरातसम्म तीन दिनका लागि पूर्णरुपले निषेधित क्षेत्र घोषणा गरिसकेको छ । निषेधाज्ञा अवधिमा सुरक्षा र स्वास्थ्यकर्मी, स्वाब संकलन गर्ने र कन्ट्रयाक्ट ट्रे’सिङका ज’नशक्तिबाहेक अन्यलाई आवागमनमा पूर्णरुपमा रोक लगाइएको छ ।

आफ्नो क्षेत्र सुरक्षित गर्ने ब’हानामा कुनै किसिमले बाटो छेक्ने र राजमार्ग रो’क्ने कार्य कोही कसैबाट गर्न नपाइने र त्यस प्रकारको कार्य गरेमा कानूनी कारवाहीसमेत गर्ने चेतावनी स्थानीय प्रशासनले दिएको छ ।

सामाजिक तथा धार्मिक सद्भावमा आँच आउने र खलल पर्ने सामग्री प्रकाशन, प्रसारण र पोष्ट गर्ने व्यक्तिको पहिचान गरी तत्काल का’नूनी दायरामा ल्याइने बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिए ।

नेपालगञ्जमा शुक्रबार, आइतबार र मंगलबार गरी २३ जनामा को’रोना संक्रमण देखिएपछि उपमहानगरपालिकालाई नि’षेधित क्षेत्र घो’षणासँगै सुरक्षा व्यवस्था क’डा पारिएको प्रजिअ खड्काको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्