Logo

आज देखि २५ गतेसम्म कर्फ्यू


कलाखबर संवादादता, २३,बैशाख –काठमाण्डौं । बाँकेको नेपालगन्जमा आज देखि कर्फ्यु लगाउने निर्णय गरिएको छ । कोरोना संक्रमितको संख्या लगातार बढेपछि वैशाख २३ गते  बिहान ११ बजेदेखि २५ गते मध्यरातिसम्म पूर्ण निषेधित क्षेत्र लागु गरिने प्रजिअ कुमारबहादुर खड्काले बताए ।

सोमबार जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय र सर्वपक्षीय बैठकले  नेपालगञ्जलाई पूर्णतः निषेधित क्षेत्र घोषणा गरेको हो । बाँकेमा १६ जनामा कोरोना संक्रमण पुष्टि भएपछि प्रदेश ५ सरकारका सामाजिक विकास मन्त्री सुदर्शन बरालसहितको टोली सोमबार नेपालगञ्ज पुगेर कम्तीमा तीन दिन कर्फ्यु लगाउन जिल्ला प्रशासनलाई सुझाव दिएको थियो । कर्फ्युको समयमा नेपालगन्जमा औषधि पसलबाहेक सबै खाले पसल, व्यवसाय खोल्न नपाइने प्रमुख जिल्ला अधिकारी कुमारबहादुर बताए ।

 

 

प्रतिक्रिया दिनुहोस्