Logo

लकडाउनबारे निर्णय उच्चस्तरीय समितिले आज गर्ने


कलाखबर संवादादता, २३,बैशाख –काठमाण्डौं । लकडाउनबारे निर्णय आज (मंगलवार) हुने भएको छ । थप गृहकार्य गरेर  कोरोना रोकथाम तथा न्यूनीकरण गर्न गठित उच्चस्तरीय समन्वय समितिले लकडाउनबारे मन्त्रिपरिषदमा सिफारिस गरि पठाउनेछ ।

गृह मन्त्रालय, अर्थ मन्त्रालय र स्वास्थ्य मन्त्रालयसँग सोमबार बसेको समिति बैठकको छलफलका आधारमा लकडाउनको मोडालिटी तय गरिने सचिव नारायण विडारीले वताए ।  सरकारले यसअघि  बैशाख २५ गतेसम्म लकडाउनको समयावधि थपेको थियो। सोमबारको बैठकमा रोगलाई कावुमा राख्ने र जनजीवन सामान्य बनाउन विषयमा छलफल र समिक्षा भएको सचिव विडारीले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्