Logo

थप ९ जनामा कोरोना पुष्टि,संक्रमितको संख्या ६९ पुग्यो


कलाखबर संवादादता,२१,बैशाख –काठमाण्डौं । आईबतार थप ९ जनामा कोरोना भेटिएको छ । नेपालगञ्ज स्थित परिक्षणको क्रम्मा थप ९ जनामा संक्रमण पुष्टि भएको छ । मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले उक्त जनाकारी गराएका हुन् ।

उनका अनुसार ९ जना संक्रमित मध्ये ५ जना पुरुष र ४ जना महिला रहेका छन् । उनीहरु ७ देखि ५८ वर्षको रहेको उनले जनाकारी गराए । आजै वीरगन्जमा पनि थप एक जनामा कोरोना भाइरस संक्रमित पनि देखिएको छ ।

वीरगन्ज ३ छपकैयाका ३६ वर्षीय एक जना पुरूषलाई कोरोना संक्रमण पुष्टि भएको हो । उनलाई अहिले नारायणी उपक्षेत्रीय अस्पतालको आइसोलेसनमा राखिएको छ। यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ६९ पुगेको छ । त्यसमध्ये १६ जना निको भइसेका छन्।

प्रतिक्रिया दिनुहोस्