Logo

बैशाख २६ गते नयाँ बजेट अधिवेशन बोलाउने सरकारको निर्णय


 

कलाखबर संवाददाता,२१,बैशाख –काठमाण्डौं । सरकारले वैशाख २६ गते बजेट अधिवेशन बोलाउने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले वैशाख २६ गते बजेट अधिवेशन बोलाउने निर्णय गर्दै त्यसका लागि राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको हो।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले संसद अधिवेशन आह्वान गर्ने व्यवस्था रहेको छ। जसअनुसार बैशाख २६ गते नयाँ बजेट अधिवेशन बोलाउने तयारी भएको हो । कोरोनाभाइरसको संत्रासका कारण सामाजिक दूरी कायम गरी संसद बस्ने व्यवस्था मिलाइनेछ ।

सरकारले आगामी आर्थिक वर्षको बजेट जेठ १५ गते ल्याउनुपर्ने बाध्यता रहेको छ भने सोअघि सरकारको नीति तथा कार्यक्रम ल्याउनु पर्ने हुन्छ । जसको लागि केहि दुरी कायम गरेरै भएपनि अब नयाँ बजेटको भाषणको तयारीमा सरकार जुटेको छ ।

प्रतिक्रिया दिनुहोस्