Logo

सरकार परिवर्तन लगायत बिबादलाई महत्वका साथ हेरिएको नेकपाको सचिवालय बैैठक सम्पन्न


 

राज कुमार राई,२०,बैशाख–काठमाण्डौं । सरकार परिवर्तन तथा नेकपाको बिबादलाई महत्वका साथ हेरिएको नेकपाको सचिवालय बैैठक सम्पन्न भएको छ । नेकपाभित्र देखिएको विवाद हाललाई थामथुम पारिएको छ। शनिबारको सचिवालय बैठकमा प्रधानमन्त्रीको विषय खासै
कुरो नउठेको बताइएको छ ।

 

यस अघि प्रधानमन्त्री केपी ओलीले पार्टीको निर्णयबीना आफू खुशी दुई अध्यावदेश जारी गरेपछि सचिवालयका बहुसंख्यक नेताहरुले प्रधानमन्त्री केपी ओलीको राजीनामा माग गरेका थिए ।

त्यही बिबाद मिलाउन पार्टीले प्रधानमन्त्रीलाई पटक पटक सचिवालय बैठक राख्न दबाव दिएका दिदै आएका थिए । तर शनिबारको बैठकमा यस विषयमा प्रवेश नै नगरी नेताहरुको आन्तरिक परामर्शपछि हाललाई ओलीलाई नै प्रधानमन्त्रीमा निरन्तरता दिने विषयमा समझदारी भएको हो ।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना कमीकमजोरी स्वीकार्दै आत्माआलोचना गरेका थिए भने प्रचण्डसहितका अन्य नेताहरुले पनि आत्माआलोचना गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

उनले विधि, पद्धति र पार्टीका मूल्य मान्यता अनुसार सरकार सञ्चालन गर्ने तथा सरकारले देश र जनताको पक्षमा समाजवाद हासिल गर्ने गरी काम गर्ने निर्णय पनि बैठकले गरेका जानकारी दिए । उनले हाललाई पार्टीमा माधव कुमार नेपाललाई पार्टीको तेस्रो अध्यक्ष बनाउने विषय टुंगिएको बताए ।

यसअघिको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीको यस्तो प्रस्ताव रहेपनि नेपालले नै अस्वीकार गरेको सन्दर्भमा यो विषय टुंगिएको उनको भनाइ छ । यस्तै उपाध्यक्ष वामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसमभा उम्मेदवार बनाउने र प्रतिनिधिसभामा प्रवेश गरेपछि प्रधानमन्त्री बनाउने विषयमा समझदारी बनेको पनि उनले बताए । बैठकले वैशाख २५ गते स्थायी समिति बैठक बोलाउने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्