Logo

उद्योग व्यावसायीलाई बिशेष छुट दिएर सहयोग गर्न व्यावसायी गोकुल रोक्काको सरकारलाई आग्रह


कलाखबर संवाददाता,२०,बैशाख–काठमाण्डौं । समाजसेवी तथा गरिबका सारथी बनेका व्यावसायी गोकुल रोक्काले उद्योग व्यावसायीलाई सरकारले विशेष छुट दिएर सहयोग गर्न आग्रह गरेका छन् । कोरोना भाइरस संक्रमनको कारण लामो समय लकडाउनले सबै क्षेत्रका उद्योग व्यावसायीहरु मारमा परेकोले व्यासाय उकास्नका लागि आर्थिक तथा प्राविधिक दुवै क्षेत्रमा सरकारले सहजीकरण गरि सहयोग गर्न रोक्काले अपिल गरेका हुन् ।

समाजसेवासँगै गोकुल रोक्का प्लाई तथा फर्निचर व्यावसायी हुन् । उहाले सम्बृद्धि प्लाई हाउससँगै ऋषव एग्रो भेट समेत सञ्चालन गर्दै आएका छन् । कलाकारिता,राजनीति क्षेत्र,समाजसेवा र व्यावसायसँगै विभिन्न क्षेत्रमा सफल पाईला चाल्दै आएका रोक्काले लामो समय लकडाउनको कारण व्यावसायमा ठूलो धक्का लागेकोे बताएका छन् । विकासको मुख्य मेरुदन्द नै उद्योग व्यावासाय भएकोले व्यावसाय नफस्टाएसम्म आर्थिक समृद्धि नहुने पनि रोक्काले बताए ।

देशको समग्रह आर्थिक अवस्था तहसनहस भएकोले. यसलाई उकास्न सरकारले मुख्य प्राथामिक्तामा उद्योग व्यावसायलाई राख्नु पर्ने रोक्काले कलाखबरसँग बताए । व्यावसायी रोक्काले निरन्तर लकडाउनका कारण उद्योग व्यावसायीहरुमा बैंकको व्याँज,घरभाडा,तथा स्टाफ खर्च हरेक कुराले व्यावसायी ठूलो मारमा परेको बताए ।

यसतो विसम परिस्थितिलाई मध्य नजर राख्दै सरकारले ब्यावसायीहरुको बैंक ब्याज मिनाहा तथा करमा छुट गर्न पहल गर्नुपर्ने पनि रोेक्काले बताएका छन् । विभिन्न उद्योग तथा कलकारखानामा काम गर्ने मजदुरहरु यतिखेर हात बाँधेर बसेका छन् । सबै व्यावसाय चौपत छ । यो अवस्थामा काम गर्ने मजदुर पनि बिजोग भएको रोक्काले बताए ।

काम गरेको छैन,व्यापार पनि भएको छैन भनेर मजदुरहरुलाई पारिश्रमिक दिन्न पनि भन्न नमिल्ने उहाँले बताए । सम्बृद्धि प्लाई हाउस र ऋषव एग्रोभेटमा कार्यरत आफ्नो कर्मचारीलाई चैत्र महिनाको पुरै तलब दिई सकेको र बैशाख महिनाको चाँही आधा तलब दिने पनि रोक्काले बताए । यो माहामारीको अवस्थामा कामदारको तलब रोक्का गर्दा उनीहरुको घरखर्च तथा कोठा भाडा समस्या हुने उहाले बताए ।

रोक्काले हाल माहामारीको चपेटामा पिल्सिएर अठ्यारोमा परेका विभिन्न परिवारलाई राहत दिएर सहयोग गरि सकेका छन् । हरेक चाडबाड तथा आफ्नो जन्मत्सवको अवसरमा समेत विभिन्न बृद्धबद्धा एबम् बालआश्रम जस्ता ठाँउमा अनाथ बालबालिकाहरुको समेत उद्धार गरेका समाजसेवी रोक्काले यो कलडाउनको अवधीमा पनि २५ परिवालाई नुन,तेल,दाल र २५ बोरा चामल सहित राहत सहयोग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्