Logo

सिलिन्डर पड्केर टहरामा आग्लागी,लत्ताकपडादेखि सबै सामान जलेर खरानी भए पछि दम्पती परिवारको बिचल्ली


कलाखबर संवाददाता,१८,बैशाख –काठमाण्डौं । राजधानी काठमाण्डौंको धापाखेल स्थित मदन राई र पत्नी पम्फा राईको टहरामा भिषण आग्लागी भएको छ । बुधबार खाना पकाउने क्र्रममा ग्याँसको सिलिन्डर एक्कासी पड्केर आग्लागी भएको हो । टहरामा रहेका सम्पूर्ण सामान जलेर खरानीमा परिणत भएपछि यतिखेर यी दम्पत्ती परिवार बिचल्लीमा परेको स्थाई घर खोटाङ जिल्ला भई हाल कपनमा बस्दै आएको रबि चाम्लिङले कलाखबरलाई जानकारी दिए ।

केही समयदेखि मदन राई आफू मृगौला पीडित भएकोले उपचारका लागि जग्गा भाडामा लिएर टहरा बनाएको पनि चाम्लिङले बताए । हाल उनले विभिन्न सहयोगीहरुबाट उठेको रकमले निधान हस्पिटलमा मृगौला डाइनासिस गर्दै आएको पनि उहाँले बताए । टहरामा भएका सम्पूर्ण सामान जलेर खरानी भए पछि अहिले निकै कारुणिक र दयनीय जीवन विताउन बाध्य भएकोले समाचारको माध्यमबाट सहयोगी दाता खोज्न पनि उहाले अपिल गर्नु भयो ।

पीडित परिवारको सम्पर्क नम्बर उहाले उलब्ध गराए पछि कलाखबर युनिटले पनि पीडित परिवारसँग केही जानकारी लिएको थियो । सोही क्र्रममा आग्लागीबाट मदन राईको पत्नी पम्फा राईको पुरै शरीर जलेर गम्भिर घाईते भएको सँगै बस्ने छिमेकी दक्षा राईले जानकारी दिइन् । आग्लागीबाट शरीरमा रहेको एक सरो कपडा बाहेक केही पनि बाँकी नरहेको पनि उहाँले जानकारी दिइन् ।

अहिले उनीहरु स्थानीयहरुको सहयोगमा रासनपानी लत्ताकपडा दिएर सटरमा राखिएको पनि उहाँले बताइन् । स्थाई घर खोटाङ जिल्लाको दोवरत्न गाँउपालिका वडा नं १२ खिरुङले रहेको दम्पत्ती चार जनाको परिवार सहित उपचारको लागि धापाखेलमा बस्दै आएको पनि राईले बताइन् ।

एक हप्ता अगाडी मात्र मृगौला पीडित मदन राईको बुबाको निधन भएको घाउ सेलाउन नपाउदै टहरामा आग्लागीको क्र्रममा श्रीमती पम्फा राई जलेर गम्भिर घाइते भएको पनी उनले सुनाइन् । आग्लागीबाट नागरिक्तादेखि हस्पिटलको सबै कागजात समेत जलेर नष्ट भएको छ ।

श्रीमान अगाडिदेखि नै मृगौला पीडित हुन् भने श्रीमती आग्लागीबाट घाइते भए पछि अहिले यी परिवार निकै बिचल्लीमा परेका छन् । उनीहरुसँग अर्को टहरा बनाउने पैसा समेत नभएको एक महिलाले बताए ।

प्रतिक्रिया दिनुहोस्