Logo

मोडल तथा गायीका सपनी राईको हट तस्बिर सामाजिक सञ्जाल भरि भाइरल


 

कलाखबर संवाददाता,१७,बैशाख –काठमाण्डौं । मोडल तथा गायीका सपनी राईको हट तस्बिर सामाजिक सञ्जाल भरि भाईरल भएको छ । शरीरमा कुनै पनि कपाडाबिना रुखको पातले संवेदनशील अंग छोपेको गायीका तथा मोडल राईको तस्विर यतिखेर विभिन्न सञ्जालमा भाईरल भई रहेका छन् । रुखकोे दुईवटा पातले स्तन र अरु पातले गुप्ताङ छोपेको तस्बिर राई आफैले सामाजिक सञ्जाल आफ्नो फेसबुकबाट सार्वजनिक गरेकी हुन् ।

आफू प्रकृति पे्रमी भएकोले ग्याल्यामर शो गर्न यो तस्बिर खिचेको राईले कलाखबरलाई बताईन् । सामाजिक सञ्जाल भरि अरुले नकरात्मक प्रतिक्रिया दिएको छ नी ? भनेर कलाखबरले सोधेको प्रश्नमा आफूले चाहिने चिज छोपेको राईले बताइन् । भित्र यो चिज छ भन्ने थाहा हुदाहुदै नकरात्मक प्रतिक्रिया दिनु नै गलत सोचाई हुनु हो राईले भनिन् ।

प्रकृतिसँग आफू खेलेको र आफ्नो रहर मेटाउदा अरुलाई टाउको दुखाई नहुने राईको भनाई थियो । पेशाले कलाकारिता क्षेत्र रोजेका राई टिकटकमा पनि उत्तिकै भाइरल छिन् । ईलामको रेडियो एफ.एममा कार्यक्रम प्रोस्तोताको रुपमा आफूलाई चिनाई सकेकी राईले विभिन्न म्यूजिक भिडियो तथा गीत समेत गायकी छन् ।

दर्जनौ गीतमा अभिनय गरी सकेकी राईले आफ्नो व्यक्तिगत यूटूव समेत चलाउदै आएकी छन् । उनले विभिन्न सेलिब्रेटी तथा स्रष्टाहरुको अन्तर्बाता समेत लिई सकेकी छन् । ईलाम जिल्लामा जन्मेकी राईले उच्च शिक्षा भने मास्टर डिग्री सम्म हाशिल गरे सकेकी हुन् । हाल उनी कलाकारीता पेशाको सिलसिलामा काठमाण्डौं बस्दै आएकी छन् ।

प्रतिक्रिया दिनुहोस्