कोरोनासँग लड्ने अस्त्र

पवन पौडेल, नेचर प्रकृति स्कुल प्रिन्सिपिल,सामाखुशी
कलाखबर संवाददाता,१७,बैशाख –काठमाण्डौं । विश्व भरका वैैज्ञानिक, चिकित्सक मात्र नभएर हरेक व्यक्ति कोरोना विरुद्दको युद्धमा मैदानमा छन् । मानव इतिहासको सबै भन्दा कडा मेहनत र बलका बावजुत पनि मानव शक्तिमाथी कोरोना कहर हावी नै रहेको छ । यस बिशम परिस्थितीमा विभिन्न कोणबाट अध्यन र अनुसन्धान गरी फरक फरक अस्त्र प्रयोगकालागी विभिन्न संघ संस्था र निकायले सुचित गराईरहेका छन् । यस घडीमा शारीरिक, मानसिक सामाजिक तथा आध्यात्मिक स्वास्थ्यका लागि जागरुक हन जरुरी छ ।
बन्दा बन्दीले निम्त्याएको आर्थिक तथा दैनिकि अव्यवस्थापनका कारण हुन सक्ने मानसिक क्षय रोक्न र कोरोना विरुद्धको युद्धमा एक सच्चा योद्धाको रुपमा आफूलाई स्थापित गर्न व्यक्तिगत दैनिकिमा अपनाइने सावधानी र अनुशासित जीवनका लागि केही उपयोगी कार्यतालिका अपनाउन जरुरी हुन्छ । जुन यहा होटकरीमा राखिएको छ । सर्वप्रथम सुत्ने समयमा नियन्त्रण गर्नु जरुरी छ । प्राय मानिसहरु विहान अवेर सम्म सुत्ने तथा दिउसो पनि सुत्ने गर्दछन् । यो स्वास्थ्यको लागी एकदम हानिकारक छ । यसको सट्टा बेलुका छिटो सुुत्ने र बिहान छिटो उठ्ने बानी यही बेला बसाल्नुस् ।
यो समय बानि निर्माणको समय हो । यसले जीवनमा दीर्घकालीन रुपमा सकारात्मक प्रभाव पार्ने छ । बिहान ४ बजे उठ्ने । बिहानीको नित्य कर्म सकिए पछि ६ बजे सम्म ध्यान, योग र व्ययाम गर्ने । त्यसपछि भिजाएर राखिएका गेडागुडि, मनतातो पानी र बानी हुुनेले कालो चिया पिउने ७ बजे सम्म । यो बिचमा समाचार पनि सुन्ने काम पनि संगसंगै गर्न सकिन्छ । सात बजे देखी ९ बजे सम्म अध्ययन् गर्ने । अध्ययनमा यदि तपांईहरु विद्यार्थी हो भने सोहि अनुसार विफ्य गत अध्ययन गर्ने ।
होइन भने आफ्नो विधा र कार्यक्षत्रानुसार अध्ययन गर्न सकिन्छ । यो बाहेक इतिहास, उपन्यास पनि पढ्ने यो राम्रो समय हो । यो भन्दा फरक गर्न चहानेले आध्यात्मिक ग्रन्थ अध्ययन गरेर ज्ञान हासिल गर्न सकिन्द्द । आध्यात्मिक ज्ञानले मानसिक स्वास्थ्य कायम गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ । त्यसपछि ९ बजे देखी ११ बजे सम्मको समयलाई बिहानको खाना तथा सामाजिक सञ्जाल र आफन्तसँग कुराकानी गर्ने समयका रुपमा प्रयोग गर्न सकिन्छ ।
११ बजे देखी दिउसो १ बजे सम्म घर भित्रै खेलिने खेलहरु जस्तै चेस, क्यारम बोर्ड, बाघचाल आदि खेलमा बिताउने । यसले सिर्जनात्मकतालाई बढावा दिन्छ । १ बजे देखि ०३÷३० सम्म कुनै पारिवारिक चलचित्र वा टिभि सेरियल हेर्ने । अङग्रेजी सिक्न चहानेले हलिउड मुभि हेर्दा दुवै लाभ लिन सकिन्छ । साढे ३ बजे चिया नास्ताको समय । ४ बजे देखि ७ बजे सम्म पून अध्ययनलाई समय दिनुपर्छ ।
अध्ययनमा कम रुचि भएका गैह्रविद्यार्थीहरुले कथा, कविता, गजल, मुक्तक, लेख आदि सिर्जनामा समय लगाउन सकिन्छ । विद्यार्थीहरुले अध्ययन लाई निकै व्यवस्थित गर्नु पर्ने हुन्छ । ७ बजे देखि ८ बजे सम्मको समय बेलुकाको खानालाई छुट्याउने । बेलुकाको खाना हलुुका र सकेसम्म शाकाहारी खाना को व्यवस्था गर्ने ।
८ बजे देखि नौ बजे सम्म समाचार सुन्ने र विशेफ् गरी परिवारका सदस्यसँग छलफल र कुराकानी गर्ने । यसले परिवारका सदस्य बीच आत्म्यिता बढ्ने र मनका कुरा राख्न पाउदा मन हलुका हुने र तनावबाट पनि मुक्ति मिल्छ । कोरोना पछिको समयमा के गर्ने योजना बनाउने । एक अर्कालाई ढाडस दिने र तनाव नलिन सल्लाह दिने गर्नु पर्छ । राती ९ बजे अनिवार्य रुपमा सुत्ने । यो दैनिकि कोरोना विरुद्ध लड्न, एक सर्वसाधारणले प्रयोग गर्न सक्ने बलियो अस्त्र हुन सक्छ ।