Logo

सर्वेन्द्र खनाल, महेश बस्नेतविरूद्ध अपहरण जाहेरी मुद्धा


कलाखबस संवाददाता,१६,बैशाख–काठमाण्डौं । महानगरी प्रहरी परिसर काठमाडौंले अपहरणको जा’हेरी नलिएपछि जनता समाजवादी पार्टीका शीर्ष नेता आफ्ना सांसद सुरेन्द्र यादव अपहरणको जा’हेरी लिएर सरकारी वकिल कार्यालय पुगेका छन्।

आइतबार सांसद यादवसहित जनता समाजवादीका शीर्ष नेता परिसरमा दुई घन्टा बसे पनि प्रहरीले जा’हेरी लिन मानेको थिएन।

त्यसपछि उनीहरूले विकल्प खोज्ने बताएका थिए। मंगलबार बबरमहलस्थित सरकारी वकिल कार्यालयमा सांसद यादवलगायत जनता समाजवादीका शीर्ष नेता जा’हेरी लिएर पुगेका हुन्।

हामी सरकारी वकिल कार्यालयमा छौं। छलफल भइरहेको छ। अहिलेसम्म हाम्रो जाहेरी सरकारी वकिलले लिनुभएको छैन,’ जनता समाजवादीका नेता केशव झाले भने।

सांसद यादवलाई सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका सांसद्वय महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ किसन तथा नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनालले महोत्तरीबाट अ’पहरण गरी काठमाडौं ल्याएको दा’बीसहित कि’टानी जा’हेरी लिएर उनीहरू सरकारी वकिल कार्यालय पुगेका हुन्।

समाजवादी पार्टी फु’टाउने प्र’योजनका लागि सांसद यादवलाई महोत्तरीस्थित घरबाट नेकपा सांसद्वय र खनालले अ’पहरण गरेको जनता समाजवादीले दा’बी गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्