आइतबार बसेको मन्त्रीपरिषदको बैठकले बैशाख २५ गते सम्म लकडाउन थप्यो
राज कुमार राई ,१४,बैशाख–काठमाण्डौं । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रीपरिषदको बैठकले वैशाख २५ गतेसम्म लकडाउन कायम गर्ने निर्णय गरेको छ । दिनैदिन संक्रमितको संख्या बढेसँगै सरकारले वैशाख २५ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको हो ।
अहिले कोराना संक्रमितको संख्या ५२ जना पुगेको छ । कोरोनाभाइरस संक्रमणको जोखिम कायमै रहेकाले थप १० दिन लकडाउन बढाएर २५ गतेसम्म कायम गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
सरकारले यसअघि घोषणा गरेको लकडाउनको समयावधि सोमबार मध्यरातिदेखि सकिँदै थियो । बैशाख १५ गतेबाट लकडाउन खकुलो पार्ने हल्ला आए पनि जेष्ठ मसान्त सम्म लकडाउन कायमै रहने देखिएको छ ।