Logo

 मागेर गुजारा चलाउने २० घर गरिब र सुकुम्बासीलाई समाजसेवी गोकुल रोक्काद्वारा राहत वितरण


कलाखबर संवाददाता,१३,बैशाख–काठमाण्डौं । मागेर गुजारा चलाउने तिलगंगा र पशुपतिको पूर्वी गेट आसपास रहेकाहरुलाई कलाकार गोकुल रोकाले खाद्य वस्तु उपलब्ध गराएका छन् । उनले दाल, चामल, नुन, तेल लगायतका खाद्यान्न प्रदान गरेका हुन् ।

गोकर्णेश्वर नगरपालिका सुन्दरीजल घर भएका रोक्काले धेरै पहिलेदेखि नै यस्ता दीनदुखी र पीडितहरुका लागी सेवा गर्दै आएका छन् । शनिबार मात्र रोकाले कोरोना भाइरसका कारण दैनिक हातमुख जुटाउन नसकेका महानगरका विभिन्न वडाका २० घर गरिब र सुकम्बासीलाई जनही एक बोरा चामल तेल, दाल, नुन, चाउचाउ, चिउरालगायत राहात प्रदान गरेका हुन ।

पशुपतिको पूर्वी गेटमा बसेका बारा कलैयाका सात परिवार सुकम्बासीलाई पनि उनले सहयोग गरेका छन् । उनीहरु सहरमा मागेर गुजारा चलाउने गरेकोमा लकडाउन पछि माग्न नपाउँदा समस्यामा परेका थिए ।

व्यावसायी कलाकारितासँगै रोक्का राजनीतिकर्मी समेत हुुन् । सिन्धुपाल्चोक जिल्ला पुख्र्योली घर भएका उनी हाल गोकर्णेश्वर नगरपालिकाका बासिन्दा हुनु । दीनदुखीहरुको समस्या र छाक टार्न पाउदा भित्रीदेखि नै आफूलाई खुशी लागेको रोक्काले कलाखबरलाई बताए ।

प्रतिक्रिया दिनुहोस्