Logo

बैशाख २२ गते सम्म लकडाउन लम्ब्याउने सरकारको आन्तरिक तयारी, भोलि अन्तिम निर्णय हुने


कलाखबर संवाददाता,१३,बैशाख–काठमाण्डौं । बैशाख १५ गतेबाट खुकुलो पार्ने भनिएको लकडाउन फेरि सरकारले एक हप्ता थप्ने तयारी गरेकोे छ । लकडाउन लामो समय थप्ने संकेतसँगै विभिन्न जिल्लाका मजदुर तथा विद्यार्थीहरुलाई पनि स्थानीय सरकारको पहलमा गाउँ पठाउन थालिएको छ ।

एक हप्ता सरकारले लकडाउन थपेसँगै अब बैशाख २२ गते सम्म यथावट रहने भएको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको शनिबार बसेको बैठकले चैत ११ यता जारी लकडाउनलाई एकसाता लम्ब्याउन सिफारिस गरेको छ।

बैठकमा आवश्यक छलफल र समीक्षापछि समितिका संयोजक उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल लकडाउन एक साता लम्ब्याउने सिफारिससहित प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका हुन्।

समितिले छिमेकी देशहरु खास गरी भारतको अवस्था हेरेर लकडाउनलाई वैशाख २२ गतेसम्म लमब्याउने सिफारिस गरेको हो।

सुरक्षा निकायसँगको छलफलपछि प्रस्ताव तयार गरी मन्त्रिपरिषद्मा एक साता लकडाउन थप गर्न सिफासिस गरिएको छ । समितिको सिफारिसपछि आवश्यक छलफल गरेर भोलि बस्ने मन्त्रीपरिषदले थप निर्णय लिने एक मन्त्रीले बताए ।

प्रतिक्रिया दिनुहोस्