थप फेरि दुई जनामा कोरोना पुष्टि,संक्रमितको संख्या ४७ पुग्यो
राज कुमार राई ,११,बैशाख–काठमाण्डौं । थप फेरि दुई जनामा कोरोना भाइरस कोभिड–१९ भएको पुष्टि भएको छ । आज बिहिबार पत्रकार सम्मेलन गर्दै स्वास्थ्य मन्त्रालयले थप दुई जनामा कोरोना भाइरस ९कोभिड(१९०को संक्रमण भएको पुष्टि भएको पुष्टि गरेको छ । यो सँगै अब कुल संक्रमितको संख्या ४७ पुगेको छ ।
उनीहरु मध्ये ९ जना निको भइसकेका छन् । उदपयुरकी ५५ वर्षीया महिला र जनकपुरका १४ वर्षीय किशोरमा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल सम्मको नेपालको तथ्याङ्क अनुसार संक्रमित संख्या ४७, निको हुनेको संख्या ९ जना रहेका भने मृत्यू हुनेको संख्या शून्य रहेको छ ।
विश्वको चर्चित र बिकसित मुलुकमा दिनौ हजारऔ मानिसहरु कोरोनाको सीकार भएर अकालमा ज्यान गुमाई रहेका बेला नेपालमा भने एक जनाले पनि ज्यान नगुमाउनु सौभाग्य भएको विभिन्न विज्ञहरुले बताएका छन् ।
विभिन्न सामाजिक सञ्जाल तथा अन्य मिडियाहरुले कोरोनाको उपचार औषधी तथा खोप पत्ता लाग्यो भनेर हल्ला फैलाए पनि अहिले सम्म यो रोगको कुनै औषधी पत्ता लगाउन सकेको छैन । तसर्थ सजकता र क्वारेन्टाइन नै यसको अहिले सम्मको सबै भन्दा ठूलो औषधी सबै देशले मान्दै आएको छ ।